सार्वजनिक सवारी साधन सड्क मै छोड्ने, चाबी सरकारलाई बुझाउने (मागसहित)

सार्वजनिक सवारी साधन सड्क मै छोड्ने, चाबी सरकारलाई बुझाउने (मागसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ७, २०७८

काठमाडौँ ।  मर्यादित,व्यवस्थित,अनुशासित र सुरक्षित यातायात सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको आव्हानमा २०७८ साउन ७ गते बिहीबार चक्रपथ घेराउ कार्यक्रमका कारण उपत्यकाको यातायात व्यवस्था अस्त व्यस्त बन्यो । 

सरकार, यात्रु उपभोक्ता,मजदुर र व्यवसायी बिच एक्यबद्धता भन्ने नारासहित २० हजार सवारी सडकमा उतारिएको जानकारी सार्वजनिक यातायात केन्द्रीय महासङ्घका सह अध्यक्ष तथा सङ्घर्ष समितिका संयोजक किरण रिजालले जानकारी दिनु भएको छ । 

 लकडाउन र निषेधाज्ञाका कारण लामो समय असर परेको यातायात क्षेत्र केही दिनदेखि लयमा फर्कने तयारी गरिरहेको समयमा व्यवसायीले आन्दोलन थाल्नु परेकाे र  व्यवसायीको  याे  रहर नभई बाध्यता रहेको महासङ्घ जनाएको छ ।  काठमाडौँको चक्रपथ क्षेत्रमा भाडा समायोजनको माग गर्दै बस, ट्रक, ट्याम्पो, ट्याक्सीलगायतका सवारी सडकमा ल्याएर ट्राफिक अस्तव्यस्त हुनेगरी प्रदर्शन गरिएको  थियो । यो प्रर्दृशनमा महासङ्घले पेस गरिएका सात सूत्रीय माग पुरा गराउन  चक्रपथ जामको आयोजना गरेको बताएको छ ।  

 महासंघले पेस गरिएका सात सुत्रिय माग 

थप आन्दाेलना 

सङ्घर्ष समितिका संयोजक किरण रिजालका अनुसार  चक्रपथ घेराउ पश्चात्  पनि शनिवारसम्म पनि सरकारबाट  सुनवाइ नभएमा २०७८ साउन १० गते आइतबारबाट सम्पूर्ण सार्वजनिक सवारी साधन सड्क मै छोड्ने, सवारी साधनको  चाबी सरकारलाई बुझाउने, राज्यलाई बुझाउनुपर्ने कुनै पनि कर नबुझाउनेदेखि बैङ्क तथा बितिए संस्थाको व्याज तथा किस्ता समेत नबुझाउने थप आन्दोलनको कार्यक्रम घोषणा गरिने समेत जानकारी दिनु भयो ।