विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

रासस  |  स्वास्थ्य  |  श्रावण ७, २०७८

विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका १० वटा देशको तथ्यांक यस प्रकार छ ।

चीनमा १ अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  भने भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

अमेरिकामा  ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ  । यसरी नै जर्मनीमा ८ करोड ७१ लाख २१ हजार १२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने बेलायतमा ८ करोड ३४ लाख ९२ हजार ८३८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 

जापान ७ करोड ३९  लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने फ्रान्समा ६ करोड ५७ लाख ४१ हजार ५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । यस्तै, टर्कीमा ६ करोड ४० लाख ५० हजार २२९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ भने इटाली  ६ करोड  ३१ लाख २३ हजार ४५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।