ओलीले माधव नेपालहरूलाई आममाफी दिने

ओलीले माधव नेपालहरूलाई आममाफी दिने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ७, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट खेमाका नेताहरूलाई आममाफी दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा ओलीले बाटो बिराएका, भड्किएका नेताहरूलाई पार्टी र आन्दोलनको एकताका लागि सबैलाई आममाफी दिने बताएका हुन् ।

उनले विगतमा जेसुकै भएको भए पनि अब मिलेर काम गर्न सबैसँग अनुरोध पनि गरे ।