स्वास्थ्य मन्त्रालय भन्छ: 'तेस्रो भेरिएन्टका लागि तयारीमा बस्नू'

स्वास्थ्य मन्त्रालय भन्छ: 'तेस्रो भेरिएन्टका लागि तयारीमा बस्नू'

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण ७, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरू तथा सेवा चुस्त दुरुस्त राख्नु अनुरोधसमेत गरेको छ ।
 
मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यको मापदण्ड उल्लंघन बढेकाले कोरोना संक्रमणको दर पनि बढेको उल्लेख गरेको छ । हाल १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको बताएको छ । 

मन्त्रालयले खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।