कान्ति बाल अस्पतालमा चरम लापरबाही: बालबालिकाको खोप नै छैन !

कान्ति बाल अस्पतालमा चरम लापरबाही: बालबालिकाको खोप नै छैन !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६


काठमाडौं । अस्पतालको खोप शाखा पुग्दा सेवाग्राही सप्तरीका नरेन्द्रनारायण शाह र सो शाखामा कार्यरत नीरु पालीबीच भनसुन भइरहेको थियो । नरेन्द्रनारायणका आठ वर्षीय छोरा पृथ्वीईश्वरलाई हेपाटाइटिस ‘ए’विरुद्धको (एमएमआर) खोप लगाउनुपर्ने थियो ।

तर, नीरुले भनिन्, ‘१५ महिनासम्मका बालबालिकाका लागि आवश्यक पर्ने खोप मात्रै हुन्छ । त्यसकारण, तपाईं अन्यत्र जानुस् । सरकारले नै हामीलाई बाँधेको छ । त्यहीअनुसारको खोप आउँछ ।’ नरेन्द्रनारायणले आफूलाई कान्ति बाल अस्पतालले निजी क्लिनिकमा रेफर गरेको बताए । उनले भने, ‘मेरो छोरो पनि त बालक हो । के गर्नु बाल अस्पतालले बालबालिकालाई नै वास्ता गर्दैन ।’

अस्पतालहरु बिरामीमैत्री हुनुपर्छ भनिए पनि नारामा मात्र सीमित भएको पाइएको छ । सेवाग्राहीलाई अस्पतालले अभद्र व्यवहार गर्दा पनि उनीहरु तै चुप मै चुप भएर बस्न बाध्य छन् । अस्पताल प्रशासन आफैंले केन्द्रीय अस्पतालका रूपमा अझै स्तरोन्नति हुन नसकेको स्वीकार गरेको राजधानी दैनिकमा खबर छ ।