कांग्रेस पदाधिकारी बैठक जारी

कांग्रेस पदाधिकारी बैठक जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७८

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको संयुक्त बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा जारी छ ।

आजको बैठक मूलतः महाधिवेशन केन्द्रित रहेको एक केन्द्रीय पदािधकारीले जानकारी दिए । बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने बताइएको छ । कांग्रेसमा क्रियाशील सदस्यता वितरणबारे विवाद र मतभेद देखिएको छ । यसको निरूपणको प्रयास पनि भइरहेको बाइएको छ ।

आजको बैठकमै केन्द्रीय समिति बैठक बोलाउनुपूर्व केही जरुरी निर्णयका लागि पदाधिकारी तहले केही सहमति बनाउने जनाइएको छ ।