निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो संक्रमण, तेस्रो भेरिएन्टको जोखिम

निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो संक्रमण, तेस्रो भेरिएन्टको जोखिम

शरद शर्मा, रासस  |  स्वास्थ्य  |  श्रावण ८, २०७८

निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमण दर पनि बढिरहेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्नभीडभाड नगर्न र सामाजिक दूरी २ मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।

'खुकुलो भएसँगै संक्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि संक्रमित हुने दर बढ्दो रहेको छ'‚ उनले भने, 'संक्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा संक्रमण जति घट्नुपर्ने हो, त्यति घट्न सकिरहेको छैन ।'

सरकारले गत २२ असारदेखि सबै प्रकारका व्यवसाय खुला र जोर-बिजोर हटाउँदै सबै सवारी साधन संचालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड१९ को संक्रमण बढेसँगै गत १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमण दर रहेको छ । नेपालमा सुरुदेखि अहिलेसम्मको संक्रमण दर भने १९.३ प्रतिशत रहेको छ ।

संक्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो संख्या बढेर ३ हजार पुगेको छ । १ साउनमा १४ हजार १८२ जनाको परीक्षण गर्दा २ हजार ९३६ मा संक्रमण देखिएकामा बिहीबार ७ साउनसम्म आइपुग्दा २ हजार ७१४ पुगेका छन् ।

यस्तै‚ २ साउनमा १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५३ गते ९ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१४ गते ११ हजार ६६४ परीक्षण हुँदा २ हजार ४४५५ गते १३ हजार १३५ परीक्षण हुँदा ३ हजार १०८ र साउन ६ गते २ हजार ८३८ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार मृत्यु हुने संख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको संक्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी संक्रमण दर हुने प्रदेशमा प्रदेश १गण्डकीलुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये २ जनामा एक जना संक्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

जनस्वास्थ्यविद् डा. सागरराज भण्डारी निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन् । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा संक्रमणको जोखिममा अझै रहेको बताए । 'मानिस घरमै बसेर संक्रमणलाई लुकाइरहेका छन् । संक्रमण भए पनि आइसोलेसनमा बसेका छैनन्'उनले भने, 'जसले गर्दा घरपिच्छै सबै मानिसमा संक्रमण हुने डर छ ।'

उनी खोप लगाएका मानिसबाट पनि संक्रमण सार्ने जोखिम उत्तिकै रहेको बताउँछन् । 'खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन'डा. भण्डारी भने, 'खोपले संक्रमणलाई नै रोक्ने होइन, संक्रमणको लक्षणलाई मात्र कमी गराउने हो ।'

नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो सातादेखि संक्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । संक्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्‍याएर अक्सिजनको मात्रा घटाउने र निमोनिया जस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा संक्रमणको दर बढिरहेकाले नेपालमा जोखिम रहेको बताए । भारतको खुला सीमाका कारण भारतबाट संक्रमण फैलने डर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहको बताउँछन् । 'खोपले लगाएको ४ देखि ६ हप्तासम्म काम गर्छ'उनले भने, 'खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्योबीचमा जोखिम नै हुन्छ ।' उनले केही समय अस्पतालमा संक्रमित बिरामी कमी आए पनि अहिले उपचार गर्नेको संख्या पनि बढेको बताए ।

१० जिल्लामा ५०० भन्दा बढी

अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङसुनसरीझापाकाठमाडौंभक्तपुरललितपुरचितवनकास्कीनवलपरासी (पूर्व) र रूपन्देही  रहेका छन् । यही ६ साउनमा मात्र ५०० भन्दा बढी संक्रमित हुने नवलपरासी (पूर्व)रूपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी संक्रमित हुने जिल्ला २६ वटा पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी संक्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।

तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय

सरकारले तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउन सक्ने बताइएको छ । अस्पतालका निर्देशक डा. बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरिएन्ट नेपालमा देखिइसकेकाले जोखिम सुरु भइसकेको बताए । उनले डेल्टा प्लस भेरिएन्ट निकै सङ्क्रामक रहेकाले बच्नुपर्ने बताए ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै संक्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने बताए । उनले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजनशय्यायालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेका छन् ।

डा. अधिकारीले तेस्रो लहर आएर भयावह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको बताए । 'सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ'उनले भने, 'तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेको छौँ ।' उनले तेस्रो लहर बालबालिकाका लागि बढी जोखिमपूर्ण रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिइसकेको जानकारी दिए ।

उपत्यकामा पनि बढ्यो संक्रमण

काठमाडौं उपत्यकामा पनि संक्रमण दर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै संक्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । १ साउनमा उपत्यकामा संक्रमित संख्या ५४१ पुगेकामा ७ साउनमा ७५१ पुगेको छ । १ साउनमा उपत्यका काठमाडौंमा ३४३ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा संक्रमण देखिएको थियो । ७ साउनमा काठमाडौंमा ५३६ललितपुर १३० र भक्तपुर ८५ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा संक्रमित २ लाख १२ हजार १५२ तथा ५ हजार ९१६ सक्रिय संक्रमित रहेका छन् । त्यसगरी ललितपुरमा ३९ हजार ५९६ संक्रमित र एक हजार ६१ सक्रिय संक्रमित  तथा भक्तपुरमा २३ हजार ४४२ संक्रमित र ९३५ सक्रिय संक्रमित रहेका छन् ।

निको हुने पनि स्थिर

संक्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । १ साउनमा निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । ७ साउनमा पनि निको हुने दर १ साउनकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन ।

२ साउनदेखि ४ साउनसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । २ साउनमा ९४.७ प्रतिशत३ गते ९४.७ प्रतिशत४ गते ९४.७ प्रतिशत५ गते ९४.६ प्रतिशत  ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

खोप छ नियमित

नेपालमा अहिलेसम्म भारतचीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएका छन् । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमित रूपमा नागरिकलाई लगाइरहेको छ । कोभिसिल्डभेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् । अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले १५ साउनभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप भेरोसेल चीनबाट ल्याउने भएको छ ।

पहिलो मात्रा लगाउने ३३ लाख ८ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन् । नेपालमा अहिलेसम्म ७ लाख २७ हजार १६९ संक्रमित पुगेका छन् । अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन् । यस्तै, संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ । संक्रमणबाट हालसम्म ९ हजार ६६१ जनाको निधन भइसकेको छ ।