भीम रावलले गरे राजीनामा फिर्ता

भीम रावलले गरे राजीनामा फिर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७८

भीम रावलले फिर्ता लिए प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएपछि रावलले राजीनामा दिएका थिए । रावलको राजीनामा प्रकरणले एमालेको माधव नेपाल खेमाभित्र झन् विवाद निम्त्याएको थियो ।

रावललाई एमाले नेता माधव नेपालले भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । सभामुखलाई भेटेर रावलले जनता र पार्टीको आग्रहअनुसार राजीनामा फिर्ता लिएको बताएका थिए ।