गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीले लिए शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७८

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । उनीहरूलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी हुन् ।

कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुनमन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन् भने पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।

 


यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।

आफूहरूसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादी पार्टीका सांसदले भने नवनियुक्त मन्त्रीहरूको सपथ कार्यक्रम बहिष्कार गरेका छन् ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकासमन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्य छन् ।