शनिबारदेखि लामो दूरीका सवारी साधन संचालन हुने

शनिबारदेखि लामो दूरीका सवारी साधन संचालन हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारदेखि यातायात व्यवसायीहरूलाई लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न अनुमति दिएको छ । गृह मन्त्रालयले ५ साउनमा यातायात संचालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि संचालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात संचालन गर्ने  सहमति भएको हो ।

अहिले लोकसेवा, त्रिविका वार्षिक परीक्षा संचालन हुने भएकाले यातायात संचालन गर्न दिइएको र भोलिदेखि सवारी साधन संचालन गर्न पाइने उनले उल्लेख गरे । सरकारले गत १६ वैशाखदेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायात संचालनमा रोक लगाएको थियो ।