सुवास नेम्बाङका प्रश्नमा देउवाले दिए यस्तो जबाफ

सुवास नेम्बाङका प्रश्नमा देउवाले दिए यस्तो जबाफ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७८

प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको बताए । लामो समय असन्तुष्टिसहितका प्रश्न राखेका नेम्वाङलाई प्रधानमन्त्री देउवाले छोटोमा मीठो जबाफ दिए ।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई देउवाले संविधानको धारा ७६(५) किन लेख्नुभयो ? भनेर प्रतिप्रश्न मात्र गरेनन्, नेम्वाङ स्वयंले अवधि पूरा नभई बीचमा संसद भंग हुनेछैन भनेको पनि सम्झाए ।

संविधान बनाउने क्रममा धारा ७६(५) किन लेखियो भनेर प्रष्ट पार्नुपर्ने पूर्वसभामुख नेम्वाङले ह्वीप लगायो भनेर आरोपित गरेको भन्दै देउवाले पार्टी सांसदहरूलाई काठमाडौं आइदिनुस् भन्नु ह्वीप लगाएको मान्नु नहुने बताए ।