मिस हिमाल

मिस हिमाल

मुकुन्द खलपात्र  |  साहित्य  |  श्रावण ९, २०७८

धन्य ठान्छे
माछापुच्छ्रे 
जलकुम्भीले छोपिएको फेवामा 
हेरेर आफ्नो मुहार 
देखिन्छ खण्डित प्रतिछायाँ 
तै पनि ऊ 
पहिरिँदै छ जात 
मिस हिमालको
हिँडेर ऊ चहकिलो क्याट्वाकमा 
जवाफ दिएर 
कैँयौँ चलनचल्तीका सवालको 
भिरेर आधुनिकता 
त्यागेर तेज
बन्दैछ पत्ता सल्कँदो दाबानलको ।

नारायणगढ, चितवन