स्केटबोर्डिङमा जापानले जित्यो स्वर्ण पदक

स्केटबोर्डिङमा जापानले जित्यो स्वर्ण पदक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १०, २०७८

पहिलो पटक ओलम्पिकमा सहभागी खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ ।

टोकियो ओलम्पिक, २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जितेका हुन् । अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कुल ३७.१८ स्कोरसहित स्वर्ण जिते । ब्राजिलका होएफलर केलभिनले रजत तथा अमेरिकाका एयटन जागरले कास्य जिते ।

स्केट बोर्डिङमा स्वर्ण जितेपछि जापानले चीन समान ३ स्वर्ण जितेको छ । ३ स्वर्ण र १ कास्यसहित जापान शीर्ष स्थानमा उक्लिएको छ । हालसम्म चीनले ३ स्वर्ण र २ कास्य जितेको छ ।