वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई 'मेन्सन' गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले दिने भए राजीनामा
श्रावण १०, २०७८

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो ३ हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’, उनले भेका छन्, ‘अब तपाईंखुसी हुनुभयो होला नि पंकजविक्रम नेम्वाङ ?'