'एकता प्रक्रियामा नआउनेहरू छुट्न सक्छन्': प्रवक्ता ज्ञवाली

'एकता प्रक्रियामा नआउनेहरू छुट्न सक्छन्': प्रवक्ता ज्ञवाली

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेका बेला केही नेता सत्तारुढ गठबन्धनमा धाउन थालेकाले एकता परपर सर्दै गएको बताएका छन् ।

प्रेस चौतारी नेपाल गुल्मीले आइतबार तम्घासमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।

आफूहरूले पार्टीलाई एकताबद्ध बनाएरै छाड्ने दाबी गर्दै उनले केही नेता सत्तारुढ गठबन्धनको बैठकमा धाउन थालेपछि एकता परपर धकेलिएको गुनासो गरे । उनले अब पनि नसुध्रिने नेता एकताको प्रक्रियामा छुट्न सक्ने चेतावनी पनि दिए ।

ज्ञवालीले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमतिकै जगमा पार्टीलाई एकताबद्ध बनाइने र अब पार्टी फुट्नेभन्दा पनि केही नेता छुट्ने सम्भावना रहेको उनको भनाइ थियो ।