जसपाको मुद्दामा अन्तरिम आदेश भएन, दुवै पक्षलाई १५ साउनमा बोलाइयो

जसपाको मुद्दामा अन्तरिम आदेश भएन, दुवै पक्षलाई १५ साउनमा बोलाइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७८

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका पदाधिकारीलाई भौतिक उपस्थित गराएर सनाखत रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।  

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि १५ साउनमा बोलाएको छ ।  

जसपाको विवादमा आयोग ११ साउनमा कार्यकारिणी समितिका ५१ जनालाई डाकेर सनाखत गराएर निर्णय गर्दै छ । निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले ८ साउनमा रिट दर्ता गरेको थियो ।