नबिल बैङ्क : ३ अर्बको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्कासन

नबिल बैङ्क : ३ अर्बको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्कासन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १०, २०७८

काठमाडौँ ।  नबिल बैङ्कमा लगानीको अवसर, ' ८ प्रतिशत नबिल डिबेन्चर २०८५'  मा २०७८ साउन १०  देखि आवेदन दिन सकिने जनकारी गराइएको छ । 

नबिल बैङ्क प्रमुख संस्थागत सञ्चार विभागका  कृष्ण सुवेदी २०७८ साउन १० एक प्रेस विज्ञप्ति जारी गरी उपरोक्त जानकारी दिनु भएको हो ।  विज्ञप्तिका अनुसार  नबिल बैङ्कले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्कासन गरेको छ । ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ  दरमा बिक्रीमा ल्याइएको उल्लेख छ ।  ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ ।

नबिल बैङ्कले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।