जसपा विवाद: राजकिशोर र मनीष पनि यादवसँग

जसपा विवाद: राजकिशोर र मनीष पनि यादवसँग

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ११, २०७८

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादव, मनीष सुमन र गोविन्द चौधरीले महन्थ ठाकुर-राजेन्द्र महतो खेमा छाडेका छन् ।

निर्वाचन आयोग पुगेर उनीहरूले अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेका छन् ।

आयोगले आज जसपाका दुवै समूहलाई बोलाएर 'हेड काउन्ट'मार्फत पार्टीको आधिकारिकता टुंगो लगाउँदै छ । त्यसैका लागि जसपाका ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरू निर्वाचन आयोगमा पुगेका छन् । यससँगै यादव खेमामा अहिलेसम्म ३३ जना सदस्यले हस्ताक्षर गरेका छन् ।