बेंगलोसँग पराजित भएसँगै हैदरावादको प्लेहफ पुग्ने सम्भावना कमजोर

बेंगलोसँग पराजित भएसँगै हैदरावादको प्लेहफ पुग्ने सम्भावना कमजोर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले सनराइजर्स हैदरावादलाई पराजित भएको गरेको छ । शनिबार राति भएको खेलमा बैङ्गलोरले हैदरावादलाई ४ विकेटले पराजति गरेको हो । 

यसहारसँगै हैदरावादको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य पट्षएको बैङ्गलोरले १९।२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । बैङ्गलोरको जितका लागि सिमरोन हेटिमरले सर्वाधिक ७५ रनको अर्धसतकीय पारी खेले । 

उनले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७५ रनको अर्धसतकिय पारी खेलेका हुन् । त्यस्तै गुरकृत सिंहले ६५ रनको योगदान दिए । उनले ४८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६५ रन जोडेका हुन् । 

कप्तान विराट कोहली १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसके पनि बेङ्गलोर विजयी भयो । हैदरावादका खलिल अहमदले ३, भुवनेश्वर कुमारले २ तथा राशिद खानले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको हैदरावादले निर्धाति २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि केन विलियम्सले आक्रमक ब्याटिङ गर्दै ७० रन जोडे पनि टोलीको जितका लागि प्रयाप्त भएन । 

उनले ४३ बलमा ५ चौथा र ४ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए । मार्टिन गुप्टिलले ३०, विजय संकरले २७ तथा रिद्दीमन साहले २० रन जोडे । बैङ्गलोरका बासिङ्टोन सुन्दरले नवदिप सैनीले २ तथा युजेन्द्र चाहल र कुलवन्त खेज्रोलियाले एक एक विकेट लिए ।