सागका विजेता ८ जना खेलाडी सम्मानित

सागका विजेता ८ जना खेलाडी सम्मानित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ११, २०७८

नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् ।

नेपाल एथलेटिक्स संघद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका ८ जना पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले ३ स्वर्णसहित कुल ८ वटा पदक जितेको थियो ।

सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्रले ५ हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जितेका थिए ।

महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन् । सोमबहादुर कुमालले ८०० मिटर, टङ्क कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले ५ हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जितेका थिए ।

कार्यक्रममा स्वर्ण विजेता खेलाडीले जनही १-१ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै, रजत पदक विजेता खेलाडीले ३५ हजार रुपैयाँ पाउँदा कास्य पकद विजेताले २० हजार रुपैयाँ प्राप्त गरे । पदक विजेता खेलाडीलाई एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।