नबिल डीजी बैंकको नयाँ उपलब्धि : व्यावसायिक कर्जामा लागि अनलाइन आवेदनको सुविधा

नबिल डीजी बैंकको नयाँ  उपलब्धि : व्यावसायिक कर्जामा लागि अनलाइन आवेदनको  सुविधा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ११, २०७८

 काठमाडौँ । नबिल बैङ्कले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैङ्कको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details)  गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरेको बैङ्कले जनाएको छ ।

नबिल बैङ्क प्रमुख संस्थागत सञ्चार विभाग कृष्ण सुवेदीले एक प्रेस  विज्ञप्ति  प्रकाशित गरी यो सुविधा बैङ्कलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैङ्किङ सेवाहरूको प्रयोग गर्न सकिने जानकारी दिनु भएको छ  ।

बैङ्कले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैङ्कद्वारा जारी अभियान 'नबिल बैङ्क–गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता'अनुरूप रहेको छ ।

आफ्ना देशभर १३५ वटा शाखा कार्यालयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैङ्कको ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागी लक्षित रहँदै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।