२० साउनदेखि सानिमा इन्स्योरेन्सको आईपीओ खुला

२० साउनदेखि सानिमा इन्स्योरेन्सको आईपीओ खुला

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १२, २०७८

सानिमा लाइफ इन्स्योरेन्सले २० साउनदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निश्कासन गर्न लागेको हो ।

६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत हुन आउने ३ लाख कित्ता कर्मचारीहरूलाई र अर्को ५ प्रतिशत सामूहिक लागानी कोषहरूलाई छुट्याइएको छ ।

बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत शेयर आईपीओमार्फत बिक्री गर्न लागेको हो ।

आईपीओमा २० साउनदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आईपीओ बिक्री नभएमा २ भदौसम्म आवेदन दिने म्याद छ । निवेदकले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।