माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर २० वैशाखमा सीताकुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रदेश २ र लुम्बिनी प्रदेशका प्रमुख पनि परिवर्तन गर्ने सरकारको तयारी छ ।