जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन समिति गठन गरेको एक नेताले बताए । 

समितिमा नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन् । निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्ने प्रकाश अधिकारीलाई जिम्मेवारी तोकेको उनले बताए । यस्तै, बैठकले संसदीय दलको विधानसमेत पारित गरेको उनले जानकारी दिए ।