योजना आयोग उपाध्यक्षमा डा. पौडेल

योजना आयोग उपाध्यक्षमा डा. पौडेल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।

मंगलबारकै मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस पनि गरेको छ ।

गण्डकीमा पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।