माधव खेमा सरकारमा नजाने

माधव खेमा सरकारमा नजाने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमा वर्तमान सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आज बिहान सहयोगी दलहरूका नेतालाई बालुवाटारमा बोलाएर बैठक गरेका थिए । बैठकमा नेपाल खेमाबाट डा. विजय पौडेल सहभागी थिए । यसअघिका बैठकमा भने माधव नेपाल स्वयं उपस्थित हुने गरेका थिए ।

बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूको नाम छिटो दिन सहयोगी दलका नेताहरूसँग आग्रह गरेका थिए । माधव खेमाले भने एमाले पार्टीको एकताका लागि अझै प्रयास जारी रहेकाले आफूहरू सरकारमा सहभागी नहुने बताएको नेपाल निकट एक नेताले जानकारी दिए ।