सांसदमा पुनर्बहालीको माग गर्दै ४ जना पूर्वमाओवादी नेताले दायर गरे सर्वोच्चमा रिट

सांसदमा पुनर्बहालीको माग गर्दै ४ जना पूर्वमाओवादी नेताले दायर गरे सर्वोच्चमा रिट

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका ४ जना नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

गत २३ फागुनको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरू माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।