चीनको हेनानमा बाढीबाट ७३ जनाको मृत्यु

चीनको हेनानमा बाढीबाट ७३ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  श्रावण १३, २०७८

मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ जनाको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत १६ जुलाईदेखि सुरु भएको व्यापक वर्षाका कारण १५० वटा जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ ।

व्यापक वर्षापछिको बाढीका कारण १४ लाख ७० हजार जनालाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ । 

पिपुल्स लिवरेसन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौँको संख्यामा सैनिक, सशस्त्र प्रहरी बाढीमा फसेका मानिसहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका पठाएको छ । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनेको छ । हेनान प्रान्तभरि राहत वितरण र पुनर्निर्माणका प्रयासहरू भइरहेका जनाइएको छ ।