जसपा बैठक जारी, केके छन् एजेण्डा ?

जसपा बैठक जारी, केके छन् एजेण्डा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७८

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । तुलसीलाल अमात्य भवन ललितपुरमा बुधबार दिउँसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो । 

मंगलबारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णता दिनेछ ।

पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर-राजेन्द्र महतो खेमालाई कारबाही गर्ने कि नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता गरी अन्य पदाधिकारी चयनलगायतका एजेण्डामा छलफल केन्द्रित रहेको बताइएको छ ।