माधव खेमाका २२ जना सांसद छलफलमा, सरकारमा जालान् ?

माधव खेमाका २२ जना सांसद छलफलमा, सरकारमा जालान् ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका २२ जना सांसदहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन उनीहरूले छलफल गरिरहेका बताइएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभए पनि डा. विजय पौडेललाई प्रतिनिधि पठाएका थिए । उनले तत्कालै आफूहरू सरकारमा सहभागी नहुने बताएका थिए । तर, प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल खेमालाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन् ।