३२औँ ओलम्पिक: गौरिकाले तोडिन् आफ्नै रेकर्ड

३२औँ ओलम्पिक: गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १३, २०७८

जापानको टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्री स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । 

हिट चरणमा गौरिकाले १ मिनेट ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनकै नाममा १ मिनेट ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । 

सन् २०१९ मा दक्षिण कोरियामा भएको १८औँ फिना विश्व च्याम्पियनसिपमा उनले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । सुरुको ५० मिटरमा राम्रो प्रदर्शन गर्दै अग्रस्थानमा रहेकी गौरीका त्यसपछिको ५० मिटरमा पछाडि परेकी थिइन् ।