योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७८

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका छन् । सिंहदरबारमा आज बिहान प्रधानमन्त्री देउवाले पौडेललाई शपथ गराएका हुन् ।

शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई शपथ गराएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको थियो । राष्ट्रिय योजना आयोगको अध्यक्षता प्रधानमन्त्रीले गर्छन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, ८ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिवसमेत आयोगमा पदेन सदस्य रहन्छन् ।