इन्साइडर ट्रेडिङलाई लिएर धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

इन्साइडर ट्रेडिङलाई लिएर धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १४, २०७८

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको फेला परेपछि अर्थ मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको छ ।

बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेका बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करिब १२ हजार कित्ता शेयर नामसारी भएको पाइएको थियो ।

इन्साइडर ट्रेडिङको आरोप लागेपछि बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतको भनाइ छ ।

बोर्ड अध्यक्षले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा शेयर किनेर पदको दुरूपयोग गरेको समाचार विभिन्न संचार माध्यममा प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न ३ दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।