शेखर कोइरालालाई कांग्रेसको वैधानिकता गुम्ने चिन्ता

शेखर कोइरालालाई कांग्रेसको वैधानिकता गुम्ने चिन्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक सीमाभित्र महाधिवेशन नगरे कांग्रेसले वैधानिकता गुमाउने बताएका छन् ।

कोइरालाले फेसबुकमा लेख्दै नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया जारी रहेको तर पूर्वनिर्धारित कार्यतालिकाको पालना नभएको उल्लेख गर्दै अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानोसमेत हुन नसकेको बताएका छन् । यसले समयसीमाभित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको र पार्टीका शुभचिन्तकहरूमा गहिरो चिन्ता छाएको पनि उनले उल्लेख गरेका छन् ।

संविधानतः आगामी २३ भदौभित्र महाधपवेशन नगरे पार्टीको वैधानिकता समाप्त हुने भन्दै यो कुरा हेक्का छ कि छैन ? भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने कुराको जबाफ सरोकारवालाले दिनुपर्ने उनको माग छ ।