३ वटा हाइड्रोलाई आईपीओ निश्कासन अनुमति

३ वटा हाइड्रोलाई आईपीओ निश्कासन अनुमति

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १५, २०७८

नेपाल धितोपत्र बोर्डले ३ वटँ हाइड्रोपावर कम्पनीलाई आईपीओ निश्कासनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस ऊर्जा लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोलाई आईपीओ निश्कासनको अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निश्कासनका लागि अनुमति दिएको हो ।

यसको शेयर निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । बोर्डले कम्पनीलाई ११ साउनमा आईपीओ निश्कासनका लागि अनुमति दिएको हो ।

त्यस्तै, साहस ऊर्जाले आयोजना प्रभाववित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख कित्ता शेयर निश्कासनका लागि अनुमति पाएको हो । शेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । कम्पनीले बोर्डबाट १४ साउनमा अनुमति पाएको हो ।

बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निश्कासनका लागि अनुमति पाएको छ । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । बोर्डले कम्पनीलाई १४साउनमा आईपीओ निश्कासनको अनुमति दिएको हो ।