शेरचनले गरे लुम्बिनी प्रदेश प्रमुखको पदभार ग्रहण

शेरचनले गरे लुम्बिनी प्रदेश प्रमुखको पदभार ग्रहण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७८

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।

शेरचन लुम्बिनी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुन् । ७ माघ २०७४ मा लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गर्‍यो ।

गत ६ वैशाखमा पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट थिए ।

नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरूले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा रहेका बताइएको छ ।