देउवा, पौडेल र सिटौला बसे बैठकमा, मिलाउलान् क्रियाशील विवाद ?

देउवा, पौडेल र सिटौला बसे बैठकमा, मिलाउलान् क्रियाशील विवाद ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७८

नेपाली कांग्रेसका ३ जना नेता क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्ण सिटौलाबीच अहिले छलफल चलिरहेको छ ।

देउवाको निजी निवास बूढानीलकण्ठमा छलफल चलिरहेको बताइएको छ । कांग्रेसले क्रियाशील सदस्यता छानबिनका लागि समिति गठन गरेको थियो । समितिले समाधान गर्न नसकेको विवाद मिलाउनका लागि यी ३ जना नेताबीच छलफल चलिरहेको हो ।

बिहीबारको पदाधिकारी बैठकले यो विवाद समाधानका लागि शीर्ष नेताहरूलाई जिम्मा दिएको थियो । उनीहरूलाई ५ दिनभित्र विवाद समाधान गर्न भनिएको छ ।