९ वटा पुस्तक मदन पुरस्कारको सूचीमा

९ वटा पुस्तक मदन पुरस्कारको सूचीमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण १५, २०७८

२०७७ सालको मदन पुरस्कारका लागि प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो । त्यसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।

यी पुस्तकमध्ये एउटा पुस्तकलाई मदन पुरस्कार दिइनेछ । मदन पुरस्कार हरेक वर्ष दशैँको कोजाग्रत पूर्णिमामा वितरण गरिँदै आएको छ ।