नबिल बैङ्कले 'खेती एप' सँगको सहकार्यमा किसानलाई सहज वित्तीय पहुँचको प्रदान गर्ने

नबिल बैङ्कले 'खेती एप' सँगको सहकार्यमा किसानलाई सहज वित्तीय पहुँचको प्रदान गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १५, २०७८

काठमाडौँ । नबिल बैङ्क र डी भी एक्सिलस  खेती एप  (Kheti APP)  द्वारा  खेती फार्म प्लेटफर्ममा दर्ता भएका  किसानहरूको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरूलाई खरिद गर्नको लागी सहज वित्तीय पहुँचको प्रदान गर्न सहकार्य गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको  छ ।

नबिल बैङ्कका  प्रमुख संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले एक प्रेस विज्ञप्ति जारी गरी उपरोक्त कुराको जानकारी गराउनु भएको हो ।     

विज्ञप्तिका अनुसार  रणनीतिक साझेदारी अन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल बैङ्क, एक प्रमुख बैङ्कको रुपमा अगाडी बढाइने  छ । यसैगरी किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चतताबाट लाभ लिन सक्ने छन्  ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक   श देवेश प्रधान बीच एक  सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नबिल बैङ्कका तर्फबाट  नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य,  र निरज बस्नेत (डनिल), प्रमुख एस एम ई तथा लघुवित्त को उपस्थिति रहेको थियो । साथै डी भी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य सञ्चालन अधिकृत तथा श्री सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतको उपस्थिति रहेको थियो ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत  अनिल केशरी शाहले भन्नु भयो  नबिल बैङ्कले सदैव दिगो बैकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृस्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो । हामी डी भी एक्सिलससँगको सहकार्यद्वारा कृषकहरूको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरी उनीहरूको उत्पादन क्षमता वृद्धि गरी देशको आर्थिक विकासमा योगदान पुर्‍याउँदै समाजमा स्वस्थे र स्वच्छ तथा अर्ग्यानिक उत्पादनको पहुँच पुर्‍याउने अभियानमा सहकार्य गर्न पाउँदा उत्साहित छौँ । 

यस साझेदारीसँगै, नबिल बैङ्कले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि सर साधानको सहज उपलब्धता र सहज वित्तीय पहुँच मार्फत परम्परागत वित्तीय लगानी  प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको छ ।  

बैङ्किङ क्षेत्रमा Agriculture Value Chain Financeing को भिन्न  प्रयोग गरी कृषकहरूलाई उचित बितिए अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने यात्रामा प्रमुख सहयोगी हुन पाउँदा नबिल बैङ्क गर्व गर्दछ ।
यस सहकार्य अन्तर्गत खेती एपको माध्यमबाट कृषकहरूलाई डिजिटल कर्जा प्रदान गरिनेछ । खेती एपमा दर्ता भएका कृषकहरूले एपबाट नबिल बैङ्कमा कृषि कर्जा आवेदन गर्न सक्नेछन् ।
त्यस्तै, यस सहकार्यको बारेमा बोल्दै डी भी एक्सिलसका निर्देशक  देवेश प्रधानले भन्नु भयो 'यस सहकार्यको माध्यमबाट डी भी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपको माध्यमबाट नेपाली किसानहरूलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ । यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरूलाई सहजै वित्तीय पहुँच प्रदान गर्नु हो, जसले साना कृषकहरूलाई नवीनतम टेक्नोलोजी, उपकरण, मशीनरी, प्रविधि र सर सधानको प्रवाह लाई प्रोत्साहित गर्दछ । 

नबिल बैङ्कको बारेमा

आफ्नो देशभर १३५ वटा शाखा कार्लायहरु, १८३ एटिएम, ५ विस्तारित काउन्टर र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहकेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्षको बैंकिङ्ग अनुभवको साथ, बैङ्कको ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ.।

डी भी एक्सिलस प्रालिकोे बारेमा

डी भी एक्सिलस प्रा लि एक कृषि खाद्य प्रविधि कम्पनी हो । यो कम्पनी कृषि–क्षेत्रमा एकीकृत समाधानको विकास र कार्यान्वयन गरिरहेको छ । डी भी एक्सिलसको एक प्रमुख उत्पादन खेती एप  (Kheti APP) हो । खेती एप एक  वेबसाइट र मोबाइलमा आधारित प्लेटफर्म हो जसले मुख्य रूपबाट दुई प्रमुख ग्राहक समूहहरू किसान र उपभोक्तालाई लक्षित गरेर गतिविधि सञ्चालन गरिरहेका छ । डी भी एक्सिलसले आफ्नो खेती एपमा आजसम्म  १०,०००+ किसानहरू, ३,०००+ उपभोक्ताहरू, १००+ रेस्टुरेन्ट र होटलहरु र नेपालको प्रमुख कृषि व्यवसायीहरुलाई आबद्ध भइसकेको छ ।