हिंसा र  मानव अस्तित्व

हिंसा र  मानव अस्तित्व

सुशीला नेपाल  |  साहित्य  |  श्रावण १६, २०७८

हिंसाले महिला मात्र होइन पुरुष नि रोएका छन् आज भोलि 
अब सरकार जनता एक भई लाग्नू पर्छ पीडितको सुनी बोली 

पुरुषका हातले पनि मानिस बेचिएका छन् यहाँ 
महिला ले महिलाको खेदो खनेका छन् यहाँ 

पराइलाई आफ्नो ठाने तिम्रो के जान्छन् र 
कलिला हातमा खुसी दिने कोसिस त  गर 
तिम्रो हक छोइन सबैलाई  दुःख दिने 
लिएर आएको भाग्य नै पल भरमै खोसी दिने 

कर्कलाको पानी सरी उनको  जीवन नष्ट पारी 
कहाँ लाग्यौ तिमी आजकल उनको जीवन सखाप पारी 
कुनै दिन आउनेछ तिम्रो पापले नर्कमै बोलाउने छ 

 आकाशबाट हेरिरहेछु तिम्रो जीवन कति सहज रहेछ भनी 
पापले तिमिलाई छिटै बोलाउने छ रावणको ढोका खोली 
अनि गर्छु तिम्रो सत्कार पाठ पठाइ मलाई दिएको पिडा बोली  
 अनि थाहा पाउनेछौ नारीलाई गरेको रगत मृत्युको खोली 
सजाय दिनेछ रावणले उनलाई  बेची दिएको पिडा खोजी आज या भोलि