डी पी दाहालको 'यो तीजमा फिलीली नाचम्ला' बोलको गीत बजारमा (भडियोसहित)

डी पी दाहालको 'यो तीजमा फिलीली नाचम्ला' बोलको गीत बजारमा (भडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण १६, २०७८

काठमाडौँ । गीतकार डी पी दाहाल परिश्रमीले नेपाली नारीहरूको महान् चाड तिजको अवसरमा यो तिजमा फिलीली नाचम्ला बोलको गीतको भिडियो डिलाइटेड युट्युब च्यानल (Delighted Nepal)  बजारमा ल्याउनु भएको छ । 

अहिले निकै चर्चामा रहेकी मिठो स्वरकी धनी शान्ति श्री परियारले गाउनु भएको लोक लयमा आधारित सो गीत निकै नै कर्णप्रिय छ  भने भिडियो पनि उत्कृष्ट बनेको छ । नाचमा अब्बल रहेकी अञ्जली अधिकारीले भिडियो तताएकी छिन । साथमा नयन डिसी, रमा थपलिया र कोरस समूहको अभिनय तथा नाच रहेको छ । 

माइती र चेलीको सङ्गम तिजमा हुने सङ्गिनी नाच, जोडी गाँसी सकेका र गाँस्न बाकी रहेका चेलीहरूलाई गीतले रमाइलो ढङ्गले समेटेको छ । यस गीतमा गीत रचना डी पी दाहाल परिश्रमी, सङ्गीत पुरुषोत्तम न्यौपाने, एरेन्ज केशव बडुको रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड भएको यस गीतको भिडियोलाई स्मृति तिमिल्सिीना गुरुआमाले निर्देशन गर्नु भएको छ भने शान्ति श्री परियार र अञ्जली अधिकारीको अर्को मिठो संयोजन बनेको र गीतले सबै नारीहरूलाई प्रतिनिधित्व गरेको छ । यस गीतकी प्रस्तुतकर्ता भने रिता सिम्खडा दाहाल हुनुहुन्छ । 

भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ