एमाले स्थायी कमिटी बैठक बस्दै, यी छन् एजेन्डा

एमाले स्थायी कमिटी बैठक बस्दै, यी छन् एजेन्डा
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्ने एक नेताले जानकारी दिए ।

शनिबार बसेको स्थायी कमिटीको बैठक पार्टीको एकताका लागि केही सयम पर्खिने निष्कर्ष निकाल्दै सकिएको थियो । हिजोको बैठक एजेन्डामा प्रवेश नै गर्न सकेको थिएन ।

आजको बैठकबाट एजेन्डागत छलफल सुरु हुने बताइएको छ । बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणका बारेमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।