कोलकाता भर्सेस मुम्बई : कोलकाता र हैदरावादको ‘भाग्य फैसला’ हुँदै

कोलकाता भर्सेस मुम्बई : कोलकाता र हैदरावादको ‘भाग्य फैसला’ हुँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २२, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राती चालू सिजनको समूह चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् ।

यो खेलको नतिजाले प्लेअफका लागि संघर्षरत कोलकाता र सनराइजर्स हैदरावादको ‘भाग्य फैसला’ गर्दैछ । किनकि यही नतिजाका आधारमा चालू सिजनको प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ । त्यसकारण प्रतिष्पर्धा रोचक हुने देखिन्छ ।

मुम्बईले खेल जितेमा हैदरावाद प्लेअफमा पुग्नेछ । तर, यसका लागि पञ्जावले चेन्नईसँग पराजित हुनुपर्ने वा कम अन्तरमा जित्नुपर्ने हुन्छ ।

कोलकाताले खेल जितेको खण्डमा भने कोलकाता नै प्लेअफमा पुग्नेछ । त्यसकारण कोलकाता जसरी पनि यो खेल जित्ने रणनीतिमा छ ।

अंकतालिकामा तेस्रो स्थानमा रहेको मुम्बई भने खेल जितेर पहिलो वा दोस्रो स्थानमा उक्लिन चाहान्छ । कोलकातालाई पराजित गरे मुम्बई शीर्ष स्थानमा उक्लिन सक्छ । तर, आजको पहिलो खेलमा चेन्नई पञ्जावसँग पराजित हुनुपर्नेछ ।

चेन्नईले पञ्जावलाई र मुम्बईले कोलकातालाई पराजित गरे मुम्बई दोस्रो स्थानमा उक्लिनेछ ।