३ जना सचिवको सरुवा

३ जना सचिवको सरुवा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७८

मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्याल र अर्थसचिव शिशिर ढु‌गानाको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको छ भने महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालय पठाइएको छ ।

नयाँ सरकार गठनसँगै ४ साउनमा प्राविधिकतर्फका चिकित्सक डा. रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो । बढुवापछि पनि पोखरेल जिम्मेवारीविहीन जस्तै बनेका थिए । अब स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी पोखरेलले सम्हाल्नेछन् ।