सरकारमा सहमागी गराउन फकाउन प्रचण्ड पुगे माधव निवास

सरकारमा सहमागी गराउन फकाउन प्रचण्ड पुगे माधव निवास

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७८

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड आज बिहान उनकै निवासमा पुगेका थिए ।

प्रचण्डले नेता नेपाललाई पटक पटक भेटेर सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् तर नेपाल सरकारमा सहभागी हुन तयार भइसकेका छैनन् ।

सत्ता पक्षीय गठबन्धनले नेपाल खेमालाई सरकारमा सहभागी गराउने प्रयास गरिरहे पनि नेपाल खेमा तयार भएको छैन । यही कारण शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएको २ महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

नेपा खेमाले एमालेभित्रको एकता प्रयासमा असर पर्ने भन्दै सरकारमा जान नमानिरहेको बताइएको छ । तथापि, आफ्नै पार्टीको बहुमतको सरकारलाई ढालेर प्रतिपक्ष नेता देउवालाई प्रधानमन्त्री बनाउन माधव खेमाकै विशेष भूमिका थियो ।