प्रभुराम शर्मा कामय मुकायम प्रधानसेनापति

प्रभुराम शर्मा कामय मुकायम प्रधानसेनापति

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७८

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कामय मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २४ गते अनिवार्य अवकाश पाउँदै छन् । अवकाश पाउनु एक महिनाअघि २४ साउनदेखि घर बिदा बस्ने भएकाले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो ।