संसारको सबैभन्दा मोटो बालक

संसारको सबैभन्दा मोटो बालक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६

पाकिस्‍तानका १० वर्षीय मोहम्‍मद अबरार संसारको सबैभन्दा मोटो बालकको रुपमा चिनिएका छन् । उनको तौल २०० किलो रहेको छ । मोटोपनका कारण उनको स्वास्थ्यका लागि सर्जरी जरुरी भएको डाक्टरले बताएका छन् । उनी एक छाकमा ४ जना वयस्क मान्छे सरह खाना खान्छन् । 

जन्मँदा उनको तौल ३.६ किलो थियो । त्यसपछि बढ्न थालेको उनको तौल रोकिएको छैन् । उनी एक वर्षको हुँदा २ लिटरसम्म दुध पिउँथे ।  
मोहम्‍मद भन्दा पहिले संसारको सबैभन्दा मोटो बालकको रुपमा इंडोनेशियाका आर्य परमाना थिए । परमानाको तौल १९० किलो थियो । उनको यो तौल पनि १० वर्षको उमेरमै मापन गरिएको थियो ।

मोहम्मद बच्चा हुँदा सँधै भोको नै देखिन्थ्यो र खान मात्र खोज्थ्यो, उनकी आमा जरीनाले भनिन् । मोहम्मद उनका दाई तथा बहिनीको तुलनामा पाँच गुना धेरै दुध पिउँथे । उनी  ६ महिनाको हुँदा यति मोटो भैसकेका थिए कि उनको डाइपर फेर्न पनि उनकी आमा एक्लैले सक्दैन थिइन् । उनको वजन अनुसार उनलाई विशेष पलंगको व्यवस्था गरिएको छ ।  

उनको एक दाई तथा दुई बहिनी छन् । तर दाई तथा बहिनीसँग उनी मोटोपनको कारण खेल्न सक्दैनन् । उनी तीन पाइला पनि हिंड्न सक्दैनन् । जसका कारण उनी स्कूल पनि जाने गरेका छैनन् ।  

मोहम्मदले सामान्य जीवन बिताउन भन्ने उनको मातापिताको चाहना छ । अब त्यसका लागि भारतका प्रमुख बैरिएट्रिक सर्जन माजुल हसनले उनको सर्जरी गर्ने भएका छन् । 

मोहम्मदका बाबुका अनुसार उनले मोटोपनको बारेमा खासै सुनेका थिएनन् । उनको रोग भनेकै भोक हो । उनलाई जंक फुड खान दिइएको छैन तर उनी एकैपटकमा चिकेन करीका साथ चार थाल भात तथा १० वटा रोटी खाइदिन्छन् । उनको भोक कहिले पनि शान्त नहुने किसिमको छ । परिवारका लागि पकाएको आधा खाना उनी एक्लैले खान्छन भने बाँकी खाना अरु पाँच जनाले खाने गरेका छन् । 

उनलाई थुप्रै चिकित्सककोमा लगिए पनि खानेकुरा बार्ने चिकित्सकको सल्लाह भने भोकका कारण उनले अपनाउन सकेनन् । जसका कारण पनि उनको तौलमा लगातार वृद्धि भइरह्यो ।  

अब डा. माजुल हसनको सर्जरी पछि मोहम्मद ठीक हुने विश्वास उनका आमा बुबाले गरेका छन् ।