जन सांस्कृतिक महासङ्घ : प्रदेश कमिटी, सम्पादन समितिहुँदै प्रचार समितिसम्म

जन सांस्कृतिक महासङ्घ : प्रदेश कमिटी, सम्पादन समितिहुँदै प्रचार समितिसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७८

काठमाडौँ । जन सांस्कृतिक महासंघको केन्द्रीय सचिवालय बैठक शनिबार काठमाडौँमा सम्पन्न भएको छ । भौतिक उपस्थिति र जुमका माध्यमबाट समेत बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको महासंघजनाएको  छ ।

महासंघका अनुसार अध्यक्ष एवम् सचिवालय संयोजक खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले भदौ २५ गतेभित्र सबै प्रदेशमा प्रादेशिक कमिटी निर्माण गर्ने, प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले साउन ३० गते उपत्यका, ३१ गते बागमती प्रदेश र भदौ १९ गते गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बाँकी प्रदेशमा पनि शीघ्र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

महासंघका महासचिव प्रेमनाथ अधिकारीका अनुसार बैठकले पार्टीको संगठित सदस्यता नवीकरण कार्यलाई अगाडि बढाउने तथा नयाँ सदस्ताका लागि आवेदन लिने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार यसका लागि सम्बधिन्त कमिटीहरूलाई परिपत्र गरिसकिएको छ । बैठकमा सातओटै प्रदेश संयोजकहरूले प्रादेशिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

बैठकले महासंघबाट प्रकाशित हुँदैआएको ‘संस्कृति’ पत्रिकाका लागि प्रा. डा. जीवेन्द्रदेव गिरीको संयोजकत्वमा प्रा. केशव सुवेदी र आरसी रिजाल सदस्य रहेको सम्पादन समिति गठन गरेको छ भने सचिवालय सदस्य अशोक राईको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ ।