लुम्बिनीका मुख्यमन्त्री पोखरेलमाथि संकट, बहुमत सांसदले बुझाए हस्ताक्षर

लुम्बिनीका मुख्यमन्त्री पोखरेलमाथि संकट, बहुमत सांसदले बुझाए हस्ताक्षर

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १८, २०७८

लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै दलहरूले प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमत ४१ जना सांसदको हस्ताक्षर बुझाएका हुन् ।

उनीहरूले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री बनेका शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै संविधानको धारा १६८ (२)बमोजिम नयाँ सरकार गठनको माग गरेका हुन् । मुख्यमन्त्री पोखरेलले गत १९ वैशाखदेखि हालसम्म अवैधानिक र अनैतिक ढंगले सरकार चलाइरहेको पनि आरोप लगाएका छन् । नयाँ सरकार बन्दा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्नेछन् ।