प्लेअफमा पुग्न सक्ला पञ्जाव ?

प्लेअफमा पुग्न सक्ला पञ्जाव ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २२, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत समूह चरणका दुई खेल बाँकी रहँदा पनि प्लेअफमा पुग्ने तीन टोलीको मात्रै टुंगो लागेको छ ।

अझै एक टिमको टुंगो बाँकी छ । तर, प्लेअफको होडमा अझै तीन टिम छन् । चौथो स्थानमा रहेको सनराइजर्स हैदरावाद, पाँचौं स्थानमा रहेको कोलकाता नाइट राइडर्स र पुछारमा रहेको किंग्स इलेभन पञ्जावको प्लेअफ पुग्ने होड कायमै छ । हैदरावाद १२ अंक छ भने नेट रनरेट ०.५७७ छ । समान अंक भएको कोलकाताको नेट रनरेट ०.१७३ छ । पञ्जावको १० अंक छ भने नेट रनरेट –०.३५१ छ । तर, कोलकाता र पञ्जावले एक–एक खेल खेल्न बाँकी छ । कोलकाताले मुम्बईसँग र पञ्जावले चेन्नईसँग आज प्रतिष्पर्धा गर्दैछन् ।

अंकतालिकामा छैठौं र सातौं स्थानमा रहेका राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंग्लोर भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । यी दुवै टिमले समूह चरणका सबै खेलबाट समान ११ अंक बटुलेका छन् ।

यस्तोमा पुछारमा रहेको पञ्जाव प्लेअफमा पुग्न सक्ला त ?

अंकतालिका हेर्दा पञ्जावको प्लेअफ पुग्ने सम्भावना एकदमै न्यून छ । तर, पञ्जावले चेन्नईलाई २५० रनअन्तरले हराएमा र कोलकाता मुम्बईसँग पराजित भएमा पञ्जाव प्लेअफ पुग्न सक्नेछ ।